Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ज्यान मार्ने धम्की दिएको भन्दै सामाजिक विकास मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी 


१६, माघ २०८०
  • 229
    SHARES
  • ज्यान मार्ने धम्की दिएको भन्दै सामाजिक विकास मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी 

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध बझाङका धनबहादुर बोहराले प्रहरीमा उजुरी हालेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा हालेको उजुरीमा मन्त्री साउदले आफूमाथि ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले आफूसँग विभिन्न मितिमा मलाई साह्रै समस्या छ, भनी रुपैया ऋण सापटी मागी लिएको र भाका नाघेको लामो समयसम्म पनि पैसा फिर्ता दिन अस्वीकार गरेका उल्लेख गरेका छन् ।

    ‘निजले दिने समय अवधि समाप्त भई सक्दा समेत मलाई रुपैया नदिई रुपैया फिर्ता माग्न खोज्दा अनेक वाहना पारी आलटाल गर्ने तथा उल्टै ज्यान मार्ने किसिमका धाक धम्कि दिने गरेको हुँदा निजलाई झिकाई आवश्यक छलफल तथा मलाई ज्यान मार्ने धम्कि दिएको हुँदा मेरो शान्ती सुरक्षा समेत गरि पाउँ’ बोहराले निवेदनमा भनेका छन् ।

    साउद गएको प्रदेश सभा सदस्य निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका थिए । यसैबीच उनीविरुद्ध परेको उजुरी छानबिनको क्रममा रहेको प्रहरीले जनाएको छ । उजुरी प्राप्त भएको र यसबारेमा आवश्यक प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend