Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक-प्रधानमन्त्री प्रचण्ड


२५, जेठ २०८०
  • 196
    SHARES
  • विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक-प्रधानमन्त्री प्रचण्ड

    पाल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालसम्म अहिलेसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका योजनावद्ध विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफु रहेको बताए  । उनले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको बताए । 

    प्रधानमन्त्री प्रचण्डले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने जिकिर गरे । उनले हालसालै भारतको औपचारिक भ्रमणका क्रममा पनि नेपालमा लगानीका लागि भारतीय उद्योगी व्यवसायीहरूलाई आह्वान गरेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेकाले लगानी एवं व्यवसायका क्षेत्रमा आउने जस्तोसुकै समस्या पनि हल गर्न तयार रहेको धारणा राखे । लुम्बिनी केबलकार कूल रु साढे तीन अर्ब लगानीमा निर्माण भएको हो । आईएमई समूहको लगानीमा बनेको केबलकारको बटम स्टेशन बुटवल–३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा रहेको छ । 

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend