बुटवल । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सबको अवसरमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले समृद्धि र सुशासनले देशलाई बलियो बनाउने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सरेपछी चलायमान गति कम भएको उल्लेख गर्दै यसको प्रभाव हरेक क्षेत्रमा परेको उल्लेख गर्नुभयो । उहाँले बुटवललाई ब्यवस्थित र बस्न योग्य शहर बनाउदै आर्थिक एवं सामाजिक चहलपहल बढाउनको लागि काम भैरहेको बताउनुभयो ।
उहाँले रिपोर्टर्स क्लवले प्रदेश राजधानी सरेपनी प्रादेशिक कार्यालय बुटवलमा नै राख्नु सकारात्मक कुरा रहेको भन्दै गतिविधिलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले क्लवले गरिरहेका कार्यक्रमहरु निकै प्रभावकारी देखिएको बताउदै सुशासनको क्षेत्रमा काम गर्न गर्नुभयो । उहाँले भन्नुभयो,क्लबले सबै क्षेत्रलाई समेटेर अगाडि बढदा साझा फोरमको रुपमा स्थापित भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुशासनयुक्त समाज निर्माण गर्नमा मिडिया क्षेत्रको भूमिका निकै रहने भन्दै क्लवका कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसि, राससका पूर्व केन्द्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, लुम्बिनी प्रदेश सस्थापन सभा मञ्चका अध्यक्ष डा. कृष्ण न्यौपाने , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का लगायतका बक्ताहरुले क्लबले गरेको कामको प्रशम्सा गर्दै अझै प्रभावकारी र बिश्वसनिय बन्न आग्रह गर्नुभयो ।
“सत्ता र सुशासन ” स्मारिका बिमोचन
कार्यक्रममा क्लवले प्रकाशन गरेको “सत्ता र सुशासन ” स्मारिका बिमोचन गरिएको थियो।
चार पत्रकारलाई सम्मान
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले छैटौं वार्षिकोत्सबको अवसरमा चार जना पत्रकार नगदसहित सम्मानित भएका छन।
सो अवसरमा नेपाल टेलिभिजनका हरिष ढकाल, कान्तिपुर टिभिका अमृता अनमोल, लुम्बिनी टेलिभिजनका श्याम पोखरेल र साझा टेलिभिजनका भुवन जिसिलाई सम्मान गरिएको हो।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य तेजेन्द्र केसी र सन्चालन पुजा आचार्यले गर्नुभएको थियो ।