Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चालु आर्थिक वर्षमा १ अर्बमाथिको धान आयात


२६, वैशाख २०८०
  • 120
    SHARES
  • चालु आर्थिक वर्षमा १ अर्बमाथिको धान आयात

    दाङ । चालु आर्थिक वर्षको नौ महिनामा १ अर्बभन्दा धेरैले धान आयात बढेको छ । भन्सार विभागका अनुसार गत ९ महिनामा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको धान आयात भएको थियो ।

    धानको बीउको आयात पनि ५ करोड रूपैयाँ भन्दा बढीले बढेको छ । धानको बीउको लागि मात्रै यो अवधिमा २९ करोड ६३ लाख ९५ हजार रूपैयाँ बाहिरिएको छ । गत वर्ष भने २४ करोड ८३ लाख ७९ हजार रूपैयाँको धानको बीउ आयात भएको थियो ।

    पछिल्लो समय धान र धानको बीउ आयात बढ्नुको एकिन अध्ययन नभए पनि किसानहरूमा हाईव्रिड धानप्रतिको आकर्षण हुनसक्ने कृषि विभागका निर्देशक जानुका पण्डितले बताइन् । तर चालु आर्थिक वर्षमा चामल आयात भने घटेको छ । यो नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रूपैयाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात गरिएको बताईएको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend