Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज लुम्बिनीको बजेट


१, असार २०८०
  • 145
    SHARES
  • आज लुम्बिनीको बजेट

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट ल्याउँदैछ । प्रदेश सभाको बैठकमा आज आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गर्ने तयारी छ। करिब ४० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतले बताएको छ । यसअघि आन्तरिक स्रोत तथा संघीय सरकारले दिने अनुदान घटेको भन्दै करिब ३३ अर्बको बजेट ल्याउने गरी तयारी गरिएको आर्थिक मामिला मन्त्रालयका कर्मचारीले जनाएका थिए ।

    यसपटकको बजेटबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुलाई २ करोड ७५ लाख बजेटका योजना उपलब्ध गराइने भएको छ । प्रत्यक्ष निर्वाचित सांसदहरुको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने र समानुपातिक सांसदलाई नदिने सरकारको तयारी सरकारले गरेकाले विरोधपछि समानुपातिक सांसदहरुलाई पनि ७५ लाख बराबरका योजना समावेश गर्न दिइने बताइएको छ ।

    प्रदेशमा ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । त्यसैगरी समानुपातिक सांसदहरुलाई चित्त बुझाउनेगरी प्रतिसांसद ७५ लाख बराबरका योजना बजेटमा समावेश गर्न लागिएको छ । ३५ जना समानुपातिक सांसद छन् । पहिले वर्षको बजेटभन्दा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको थियो । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने अनुमान गरिएपनि चौतर्फि दवावले अर्थमन्त्री मास्कीले बजेटको आकार बढाएका हुन् । प्रदेश सरकारले गतवर्ष ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend