Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज नेपाल र पाकिस्तान भिड्दै


२९, असार २०८०
  • 236
    SHARES
  • आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौं ।  एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो पहिलो खेल  पाकिस्तान ‘ए’ सँग खेल्दैछ। 

    श्रील्रकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान सवा दश बजे सुरु हुनेछ। 

    जिम्बाब्वेमा भएको एकदिवशीय विश्वकप ग्लोबल छनोट खेलेको टिमबाट मुख्य प्रशिक्षक मोन्टी देसाइले पाँच खेलाडी परिवर्तन गरेका छन्। ज्ञानेन्द्र मल्ल र करण केसीलाई आराम दिँदा आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए।

     सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले भने क्यानडामा हुने फ्रेन्चाइज लिगका कारण इमर्जिङ कप गुमाएका हुन्।

    पवन सरार्फ, सन्दीप जोरा, सूर्य तामाङ, देव खनाल र श्याम ढकाल टोलीमा सहभागी छन्। कप्तान रोहित पौडेलले यो प्रतियोगिता एसिया कपको तयारीका लागि महत्वपूर्ण सावित हुने बताएका छन्।

    नयाँ खेलाडीका लागि एक्सपोजरको अवसर रहेको भन्दै हरेक खेल जित्नका लागि मैदान उत्रने उनको भनाइ छ। मोहम्मद ह्यारिसको कप्तानीमा रहेको पाकिस्तानी टिममा सिनियर खेलाडी पनि रहेका छन्। 

    बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ।  इमर्जिङ टिम्स एसिया कपमा पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमान छन्। 

    इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन्। नेपालले भने दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend