Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यूएईले सामाेआलाई हराए नेपाल र ओमान टी–२० विश्वकपमा पुग्ने


२९, असोज २०८२
  • 105
    SHARES
  • यूएईले सामाेआलाई हराए नेपाल र ओमान टी–२० विश्वकपमा पुग्ने

    काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले आज राति घरेलु टोली ओमानसँग खेल्दैछ ।

    नेपाल र ओमानसबीचकाे खेल नेपाली समयअनुसार राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेल जित्ने टोली आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ ।

    सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

    यद्दपि आज भएको पहिलो खेलमा कतारले जापानलाई हराएसँगै नेपाल र ओमानले एकअर्कासँग खेल्नुअघि नै टी–२० विश्वकपमा पुग्ने समीकरण बनेको छ ।

    सुपर–सिक्समा अहिले संयुक्त अरब इरिमेट्स (यूएई) र सामोआबीच खेल भइरहेको छ । यो खेल यूएईले जितेमा नेपाल र ओमान आफ्ना २ खेलअघि नै विश्वकपमा पुग्नेछन् । यूएईले सामोआलाई हराएमा एक टोलीले मात्र ६ अङ्क जोड्ने सम्भावना हुन्छ । सुपर–सिक्सबाट शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन् ।

    सुपर–सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend