Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा


२, कात्तिक २०८२
  • 199
    SHARES
  • यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

    काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको हो ।

    टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् ।

    यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् ।

    आठ टोली सम्मिलित लिग–२ मा २० खेलमा २८ अङ्कसहित अमेरिका दोस्रो, १६ खेलमा १२ अङ्कसहित नेपाल सातौं र छ अङ्कसहित यूएई पुछारमा छ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको नेपाली क्रिकेट टोली ओमनबाट यूएई पुगिसकेको छ । त्यसअघि नेपालले यूएईमा वेस्ट इन्डिज खेलेको ऐतिहासिक टी–२० शृङ्खला जितेको थियो । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend