Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनपीएलका लागि चितवन राइनोजले तीन विदेशी खेलाडी अनुबन्ध गर्‍याे


५, कात्तिक २०८२
  • 236
    SHARES
  • एनपीएलका लागि चितवन राइनोजले तीन विदेशी खेलाडी अनुबन्ध गर्‍याे

    काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै इंग्ल्यान्डकै ब्याटर डेविड मलान यस संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका हुन् ।

    राइनोजले हिजो चितवनमा आयोजित ट्रफी टुर कार्यक्रममा तीन विदेशी खेलाडी अनुबन्ध भएको घोषणा गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणगढमा रहेको क्याम्पाचौरम भएको ट्रफी टुरमा समर्थकको उपस्थितिमा एनपीएलको ट्रफी सार्वजनिक गरिएको थियो ।

    त्यस अवसरमा ‘फेस अफ द राइनोज’ पनि घोषणा गरिएको थियो । जसमा राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, नायिका नीति शाह र चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ चितवन राइनोजका ब्राण्ड एम्बेसडरको रूपमा रहने छन् ।

    निर्देशक देवकोटाका अनुसार थप तीन विदेशी खेलाडी छिट्टै सार्वजनिक गरिनेछ । एनपीएलको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend