Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि


१, मंसिर २०८२
  • 251
    SHARES
  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि

    काठमाण्डौ – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।

    एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायरमा मङ्सिर २३ गते मंगलवार खेल्नेछन् ।

    यो खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते बुधवार हुनेछ । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।

    पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर मङ्सिर २५ गते बिहीवार हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ ।

    प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।

    यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ । खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ ।

    अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ भने विदेशमा स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

    नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलले खेल क्षेत्रसँगै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend