Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी खेल्ने


२६, मंसिर २०८२
  • 157
    SHARES
  • एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी खेल्ने

    काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।

    पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

    दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

    एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियोे ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend