Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

च्याम्पियन्स लिगः दुई इटालियन क्लबको भेट्रान्स


२, जेठ २०८०
  • 95
    SHARES
  • च्याम्पियन्स लिगः दुई इटालियन क्लबको भेट्रान्स

    काठमाण्डौँ । च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि इटाली दुई क्लब इन्टर मिलान र एसी मिलान भिड्दैछन् । इन्टर मिलान र एसी मिलानबीचको सेमिफाइनलको दोस्रो लेग सान सिरो स्टेडियममा नेपाली समयअनुसार राति १२स्४५ बजेबाट शुरु हुनेछ ।

    पहिलो लेग इन्टर मिलानले २।० गोलअन्तरले जितेका कारण दोस्रो खेलमा भने एसी मिलान दबाबमा हुनेछ । तर एसी मिलानले पहिलो लेगमा भोगेको पराजयलाई उल्ट्याउँदै फाइनलको यात्रा तय गर्न चाहन्छ । पहिलो लेग आफ्नो पक्षमा पारेको इन्टर मिलान भने दोस्रो लेगमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने योजनासहित मैदानमा उत्रिनेछ ।

    यी दुई टोलीबीचको विजेताले च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अथवा स्पेनिस क्लब तथा साविक विजेता रियल मड्रिडको सामना गर्नेछ । सिटी र मड्रिडबीचको दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेगमा दुबै टोलीले १(१ बराबरि खेलेका थिए । च्याम्पियन्स लिगको फाइनल भने टर्कीको इस्तानबुलमा जुन १० तारिखमा हुने तालिका रहेको छ ।

    जोस माउरिन्होले सन् २०१० मा इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याएपछि पहिलो पटक इटालियन क्लब फाइनलमा प्रवेश गर्न लागेको हो । पहिलो लेगमा पराजय भोगेपनि घाइते भएका आफ्ना स्टार खेलाडी राफायल लियाओको आगमनसँगै एसी मिलानले नतिजा आफ्नो पक्षमा पार्ने अपेक्षा राखेको छ । तर इन्टर मिलानले भने आफ्नो घरेलु मैदानको फाइदा उठाउने योजनामा रहेको छ । यता इन्टर मिलानका लागि सेन्टर ब्याक मिलान एसक्रिनियरले खेल गुमाउने भएका छन् ।

    एसी मिलान र इन्टर मिलानले एक अर्काविरुद्ध २ सय ३६ पटक खेलेकोमा इन्टर मिलानले ८८ तथा एसी मिलानले ७९ खेलमा जित हात पारेका छन् । ६९ खेल बराबरीमा टुंगिएको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend