Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि भिडन्त आज


५, पुस २०८२
  • 131
    SHARES
  • साफ महिला क्लब च्याम्पियनसिप : एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि भिडन्त आज

    काठमाडौँ - साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ। 

    खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। इष्ट बङ्गालले भने तीन खेलमा जीत  हात पारेको थियो। एक खेलमा एपीएफसँग बराबरी गरेको थियो।

    ​गोलस्कोरिङमा समस्या देखिएको एपीएफ र आक्रामक अग्रपंक्तिबीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ। घरेलु दर्शकको राम्रो साथ पाए पनि एपीएफका लागि उपाधि जित्ने लक्ष्य कठिन बन्न सक्नेछ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता टोली सहभागी छन्।

    एपीएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन्। इष्ट ​बंगालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यलाई पूरा गर्नेगरी खेल्ने बताए।

    उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन्।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend