Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकै ओभरमा ५ विकेट लिने पहिलाे खेलाडी बने इन्डाेनेशियाका गिड प्रियन्दना


८, पुस २०८२
  • 120
    SHARES
  • एकै ओभरमा ५ विकेट लिने पहिलाे खेलाडी बने इन्डाेनेशियाका गिड प्रियन्दना

    काठमाण्डाै – इन्डोनेशियाका गिड प्रियन्दना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा पाँच विकेट लिने विश्वको पहिलो बलर बनेका छन् । बालीमा आज कम्बोडियासँगको खेलमा २८ वर्षीय प्रियान्दनाले यो उपलब्धि हासिल गरेका हुन् ।

    इन्डोनेशियाले दिएको १ सय ६८ रन पछ्याएको कम्बोडियाले १५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । त्यसपछि बलिङमा आएका इन्डोनेशियाका गीड प्रियान्दनाले १६औं ओभरको लगातार तीन बलमा विकेट लिएर ह्याट्रिक पूरा गरे । त्यसपछि उनले एक बल डट राखे र अर्काे बलमा फेरि विकेट लिए ।

    त्यसपछि एक वाइड दिएका उनले अर्काे विकेट लिएर कम्बोडियालाई १ सय ७ रनमा रोके । यो खेल इन्डोनेशियाले ६० रनले जित्यो । कम्बोडियाका कप्तान लुक्मान बटले सबैभन्दा धेरै ४८ रन बनाए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो । इन्डोनेशियाका धर्म केसुमाले नटआउट १ सय १० रन बनाए । कम्बोडियाका शाह अबरार हुसेन र एटिएन बेउक्सले २/२ विकेट लिए ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend