Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भैरहवामा मैत्रीपूर्ण क्रिकेट: आर्मी र रूपन्देही आमनेसामने


१९, पुस २०८२
  • 103
    SHARES
  • भैरहवामा मैत्रीपूर्ण क्रिकेट: आर्मी र रूपन्देही आमनेसामने

    रुपन्देही । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।

    आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मलेन गरी यसबारे जानकारी दिएका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ टीम बीच प्रतिस्पर्धा हुनेछ । आयोजकका अनुसार प्रतियोगिता अवधीभर ९० ओभरका एउटा, एकदिवसीय तीनवटा र टी–२० तीनवटा खेल हुनेछन् । मुलुकमै दुई टीमबीच यस्तो फम्र्याटमा पहिलोपटक क्रिकेट हुन लागेको हो ।
     
    प्रतियोगिता संयोजक प्रथम पराजुलीलले पुस २० र २१ गते टेष्ट, २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–२० क्रिकेट हुनेछ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताले क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।
     
    उनले यस्ता प्रतियोगिता नियमित आयोजना गर्न सक्ने हो भने क्रिकेट र खेलाडी दुबैका लागि राम्रो अवसर हुने बताए । त्रिभुवन आर्मी क्लब ‘ए’ टीमका कप्तान जितेन्द्रसिंह ठकुरी र रुपन्देहीका कप्तान देव खनालले यो प्रतियोगिता आफूहरुका लागि निकै राम्रो अवसर भएको जनाए । उनीहरुले जति धेरै क्रिकेट खेल्न पायो, उतिधेरै निखारता आउने भन्दै प्रतियोगिता आयोजना गरेकोमा रुपन्देही क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

    प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिश सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend