Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित


१५, माघ २०८२
  • 98
    SHARES
  • च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित

    काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड बेन्फिकासँग पराजित भएको छ । यो हारसँगै रियलले सिधै अन्तिम १६ मा पुग्न अवसर गुमाएको छ । रियलमाथि बेन्फिकाले ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । यो हारसँगै रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।

    रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा परेको थियो। खेलको ३०औँ मिनेटमा केलियन एम्बाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनाएको थियो ।

    खेलको ५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि थप गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा गोल गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।

    अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टिम नौ खेलाडीमा सीमित भएको थियो ।

    नौ खेलाडीमा सीमित भएको रियलविरुद्ध खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली टुबिनले फ्रिकिकमा हेड गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन्।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend