Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप क्रिकेटमा आज ३ वटा खेल हुँदै


२६, माघ २०८२
  • 75
    SHARES
  • टी–२० विश्वकप क्रिकेटमा आज ३ वटा खेल हुँदै

    काठमाण्डौ – आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । पहिलो खेल समूह ‘सी’ अन्तर्गत स्कटल्याण्ड र इटलीबीच कोलकाताको ईडेन गार्डेन मैदानमा विहान सवा ११ बजे शुरू हुनेछ ।

    दुवै टोलीका लागि आजको खेल अंक तालिकामा मजबुत स्थान बनाउने अवसरका रूपमा हेरिएको छ । दोस्रो खेल आजै समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलम्बोमा रहेको सिन्हालिज स्पोट्स् क्लब मैदानमा जिम्बाब्वे र ओमानबीच दिउँसो सवा ३ बजे हुँदैछ । दुवै टोलीले समूह चरणबाट अगाडि बढ्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

    जिम्बाब्वेको तीव्र बलिङ र ओमानको आक्रामक ब्याटिङ यस खेलको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ, । त्यसैगरी, आजको तेस्रो तथा अन्तिम खेल समूह ‘डी’ अन्तर्गत भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा बेलुकी सवा ७ बजे दक्षिण अफ्रिका र क्यानाडाबीच हुनेछ ।

    विश्वकपका बलिया टोलीमध्ये एक मानिने दक्षिण अफ्रिकाले क्यानाडाविरुद्ध आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य लिएको छ भने क्यानाडाले ठूला टोलीलाई चुनौती दिने उद्देश्यसहित मैदानमा जानेछ । आजका तीनैवटै खेल सुपर चरणतर्फ पुग्न महत्वपूर्ण छन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend