Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप

लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे, वेस्ट इन्डिज ‘सुपर एट’ मा


३, फागुन २०८२
  • 78
    SHARES
  • लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे, वेस्ट इन्डिज ‘सुपर एट’ मा

    काठमाण्डाै – वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएकाे छ ।

    भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा आज भएकाे खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ३४ रनकाे लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेटायाे । वेस्ट इन्डिजका कप्तान शाई हाेपले नटआउट ६१, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए । नेपालका नन्दन यादवले १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायाे । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । यस्तै साेमपालले नटआउट २६ रन बनाए । याे विश्वकपमा नेपाली खेलाडीकाे याे पहिलाे अर्धशतक हाे । वेस्ट इन्डिजका जाेसन हाेल्डरले ४ विकेट लिए ।

    नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगकाे खेलमा अर्धशतक बनाएका थिए ।

    यस्तै याे खेलमा साेमपालले इतिहास रचेका छन् । उनी नेपालका लागि तीन वटा विश्वकप खेल्ने पहिलाे खेलाडी बनेका हुन् ।

    लगातार तेस्राे हारसँगै नेपाल टी–२० विश्वकपकाे समूह चरणबाटै बाहिरिने दाेस्राे टाेली बनेकाे छ । नेपाल पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दाेस्राे खेलमा इटालीसँग १० विकेटले पराजित भएकाे थियाे । यसअघि ओमान समूह चरणबाटै बाहिरिएकाे थियाे ।

    अब नेपालले समूह चरणकाे अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ ।

    वेस्ट इन्डिज भने लगातार तेस्राे जीतसँगै समूह ‘सी’ बाट ‘सुपर एट’ मा पुगेकाे छ । वेस्ट इन्डिज ‘सुपर एट’ मा पुग्ने पहिलाे टाेली बनेकाे छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend