Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क


४, चैत २०८२
  • 88
    SHARES
  • एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क

    काठमाण्डौ – एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले नेपाललाई तीन अङ्क दिएको छ । एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडले मलेसिया फुटबल सङ्घलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो ।

    एएफसी एसियन कप सन् २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामसँगको खेलमा मलेसियाले नियम उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । अब दुवै खेलमा नेपाल र भियतनामले ३–० को प्राविधिक जीत पाउने भएका छन् ।

    यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले हराएको थियो । तर नयाँ निर्णयसँगै समूहको समीकरण नै फेरिएको छ । यो निर्णयपछि नेपाल राष्ट्रिय फुटबल टोलीले पाँच खेलबाट पहिलो जीतसहित तीन अङ्क जोडेको छ ।

    समूह एफमा नेपालको अङ्कतालिकामा सुधार आएको छ । यस्तै, इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरेको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend