Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पीएम कप : आर्मीले पुलिसलाई २२ रनले हरायाे, बागमतीमाथि एपीएफकाे फराकिलाे जीत


८, चैत २०८२
  • 122
    SHARES
  • पीएम कप : आर्मीले पुलिसलाई २२ रनले हरायाे, बागमतीमाथि एपीएफकाे फराकिलाे जीत

    काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् ।

    तल्लो मूलपानी मैदानमा भएको खेलमा आर्मीले पुलिसलाई २२ रनले हरायो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको पुलिसले ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर २२१ रनमात्र बनाउन सक्यो । पुलिसका रशिद खानले ६०, शङ्कर रानाले ४६ रन बनाए । आर्मीका नरेन साउदले ३, आकाश चन्दले २ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो । आर्मीका बसिर अहमदले शतक, भीम सार्कीले ६२ रन बनाए । पुलिसका श्रवण यादवले ३ तथा सागर ढकाल र रशिद खानले २/२ विकेट लिए ।

    यस्तै मूलपानी मैदानमा भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले हरायो । एपीएफले दिएको २७२ रनको लक्ष्य पछ्याएको बागमतीले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर २०० रनमात्र बनाउन सक्यो । बागमतीका विवेक मगरले ३४ रन बनाए । एपीएफका अभिषेक गौतम र कप्तान रोहित पौडेलले ३/३ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो । एपीएफका आसिफ शेखले शतक, सन्दीप जोराले ५२ रन बनाए । बागमतीका रिजन ढकालले ४ विकेट लिए ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा हुनेछन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend