Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको कठिन जित


९, चैत २०८२
  • 148
    SHARES
  • साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा भुटानविरुद्ध नेपालको कठिन जित

    काठमाडौं । माल्दिभ्समा सोमबारदेखि सुरु भएको साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध २–१ को कठिन जित निकालेको छ ।

    सोमबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले समान एक गोल गरे । भुटानका एनग्वान योन्टेनले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

    पाँचौँ मिनेटमा सुजनले पेनाल्टी बक्सभित्र प्राप्त फ्रिकिक अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा सुवासले अग्रतालाई दोब्बर बनाए । ८२औँ मिनेटमा योनटेनले गोल गर्दै भुटानलाई १–२ को स्थितिमा फर्काएका थिए ।

    यो जितसँगै समूह ‘ए’मा रहेको नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । पराजित भुटानले भने हारसँगै प्रतियोगिताको सुरुआत गरेको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा माल्दिभ्समा सोमबारदेखि प्रतियोगिता सुरु भएको छ । प्रतियोगितमा साफका सातवटै सदस्य राष्ट्रहरूको सहभागिता रहेको छ ।

    सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । ‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालित यो प्रतियोगितामा प्रत्येक शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend