Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरुवात : हैदरावाद ६ विकेटले पराजित


१५, चैत २०८२
  • 63
    SHARES
  • आईपीएल क्रिकेटमा आरसीबीको विजयी शुरुवात : हैदरावाद ६ विकेटले पराजित

    काठमाण्डौ - हिजोदेखि शुरु भएको १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले विजयी शुरुवात गरेको छ । 

    घरेलु मैदान चेन्नास्वामी स्टेडियममा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । 

    आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । 

    हैदराबादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडे । आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिए । 

    आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend