Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : यी हुन् आज हुने दुई खेल


२९, चैत २०८२
  • 75
    SHARES
  • प्रधानमन्त्री कप : यी हुन् आज हुने दुई खेल

    काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २९) विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । 

    खेलमा सुदूरपश्चिम पहिलो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक दुरी घटाउने लक्ष्यमा हुनेछ । तीन अंकले पछाडि परेको सुदूरपश्चिमसँग पुलिसविरुद्ध जित निकाल्दै आर्मीसँग अंक दुरी घटाउने अवसर छ ।

    तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले आठ खेलबाट १० अंक जोडेको छ । सुदूरपश्चिमले आठ खेल खेल्दा पाँच जित र तीन हार व्यहोरेको छ । 

    पुलिस भने सुदूरपश्चिमलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । एक अंकले पछाडि परेको पुलिस नौ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पुलिसले सात खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ ।

    पुलिसको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा नेपाली समयअनुसार बिहान ९:३० बजे हुनेछ । 

    आजै हुने दोस्रो खेलमा गण्डकी र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दै छन् । खेलमा गण्डकी प्रदेश तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको आठौँ स्थानमा रहेको गण्डकीले पाँच अंक जोडेको छ । गण्डकीले आठ खेल खेल्दा दुई जित र चार हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । 

    लुम्बिनी भने चौथो जितको खोजीमा हुनेछ । तालिकाको सातौँ स्थानमा रहेको लुम्बिनीले सात अंक जोडेको छ । लुम्बिनीले ६ खेल खेल्दा तीन जित र दुई हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । 

    यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend