Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा हैदराबाद र दिल्ली विजयी


६, वैशाख २०८३
  • 74
    SHARES
  • आईपीएल क्रिकेटमा हैदराबाद र दिल्ली विजयी

    काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । 

    हैदराबादमा हिजो भएको खेलमा हैदराबादले दिएको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो । 

    पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले १५ बलमा अर्ध शतक बनाउँदै ५९ रन जोडे भने हेनरिक क्लासेनले ३३ बलमा ५९ रन बनाए । 

    चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए । जितसँगै हैदराबाद १३ अंकसहित तालिकाको शीर्ष चारमा उक्लिएको छ । 

    यस्तै हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी) लाई ६ विकेटले पराजित गरेको छ । बैङ्गलुरुको एम. चिन्नास्वामी मैदानमा भएको खेलमा दिल्लीले एक बल बाँकी रहँदै १७६ रनको लक्ष्य पूरा गरेको हो । 

    पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १७९ रन बनाउँदै जित निकालेको हो । दिल्ली तालिकाको छैटौँ स्थानमा छ । 

    आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । आजको पहिलो खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो पौने ४ बजे कोलकाता नाइट राइर्डस् र राजस्थान रोयल्स् खेल्नेछन् । यस्तै बेलुकी पौने ८ बजे चण्डीगढमा पञ्जाब किङ्स् र लखनउ सुपर जायन्टले खेल्नेछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend