Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि


१०, वैशाख २०८३
  • 79
    SHARES
  • दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि

    काठमाडौं - नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

    नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन्।

    नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यू डायमण्डले जितेको थियो।

    लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ। एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ। जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन्। दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

    एनभीए लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ।

    पहिलो दिन आज चार खेल

    लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई गरी कूल चार खेल हुनेछ। महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ।

    यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ। यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ।

    विजेतालाई १० लाख पुरस्कार
    यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ। लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ।

    लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो।

    यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०–३० हजार प्राप्त गर्नेछन्।

    नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए। नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend