Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै


१८, वैशाख २०८३
  • 88
    SHARES
  • विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै

    काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुँदैछ । नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा हुनेछन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ ।

    वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ । यसअघिका दुई खेलमा नेपाल र यूएईले एकएक जित निकालेका छन् ।

    पहिलो खेलमा नेपालले यूएईमाथि ३७ रनले विजयी भयो भने ओमानसँग १०२ रनले पराजित भएको छ । दुई खेल खेलिसकेको यूएई पहिलो खेलमा नेपालसँग पराजित हुँदा दोस्रो खेलमा ओमानमाथि २५ रनको जित निकालेको टिम हो ।

    नेपाल यूएईमाथि लगातार दबाब बढाउन आजको खेलमा जित्नै पर्ने दबाबमा छ । यूएई भने नेपालमाथि बदला लिन चाहन्छ । शुक्रबारपछि वैशाख २० गते आइतबार ओमान र युएई भिड्दै छन् भने अन्तिम खेलमा नेपालले वैशाख २२ गते मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

    लिग–२ को तालिकामा नेपाल र यूएई पुछारमा छन् । समान २२ खेल खेलेका दुई टिमले ६ खेलमा मात्र जित निकालेका छन् । नेपाल १४ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने १२ अंकसहित यूएई पुछारमा छ ।

    घरेलु मैदानमा नेपाल आज यूएईलाई रोक्दै लिग–२ को तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend