Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको मुम्बईमाथि शानदार जित


२०, वैशाख २०८३
  • 88
    SHARES
  • आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको मुम्बईमाथि शानदार जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भएको ४४औं खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

    घरेलु मैदान चेन्नाईमा शनिबार राति भएको खेलमा मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

    चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेलेका हुन् । उनले ४८ बलमा अविजित ६७ रन जोडेका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

    जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८ दशमलव १ ओभरमै लक्ष्य भेट्टायो । यो जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैठौं स्थानमा उक्लिएको हो ।

    मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको हो ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend