Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी


२१, वैशाख २०८३
  • 72
    SHARES
  • आईपीएल क्रिकेटमा गुजरात र कोलकाता विजयी

    काठमाडौं - कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको  छ । योसँगै कोलकाताले यसअघिको खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो खेलमा हैदराबाद ६५ रनले विजयी भएको थियो ।

    राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १६६ रनको लक्ष्य कोलकाताले १० बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेकाे हाे  ।  त्यसअघि टस जितेर ब्याटिङका लागि आएको हैदराबादले १९ ओभरमा सबै विकेट गुमाएर १६५ रनको योगफल खडा गरेको थियो ।

    हिजै भएको पहिलो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । अहमदाबादमा भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेकाे थियाे । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

    यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पुर्याएको छ । पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    आइपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स् र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend