Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै


२२, वैशाख २०८३
  • 81
    SHARES
  • विश्वकप क्रिकेट लिग–टु श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दै

    काठमाण्डौ - विश्वकप क्रिकेट लिग–टु एक दिवसीय श्रृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । 

    घरेलु मैदानमा ओमान र युएईसँगको यो शृङ्खलाको आज अन्तिम खेल खेलेपछि नेपालले लिग–२ अङ्क तालिकाका शीर्ष दुई टोली अमेरिका र स्कटल्याण्डसँग खेल्नेछ । नेपालले यसअघि शनिबार भएको खेलमा युएईलाई ३७ रन र शुक्रबार भएको खेलमा ६ रनले हराएको थियो । 

    त्यस्तै बुधबार भएको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो । आठ टोली रहेको लिग–टुमा नेपाल २३ खेलमा १६ अङ्कसहित सातौँ, युएई २४ खेलमा १४ अङ्कसहित आठौँ र ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । 

    यसैबीच नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु एक दिवसीय शृङ्खलाको टिकट मूल्य घटाएको छ ।

    नेपाल, युएई र ओमान सहभागी शृङ्खला हेर्ने दर्शकको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य पनि आधाले घटाएको हो । क्यानले यो शृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २०० रुपैयाँ तोकेको छ । 

    यसअघि ४०० रुपैयाँ थियो । यस्तै यही वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको शृङ्खलाको टिकट मूल्य पनि २०० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend