Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए


२८, वैशाख २०८३
  • 79
    SHARES
  • आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

    काठमाण्डौ — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको १सय ६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेकाे हाे  ।

    टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बेङ्गलुरुका भुवनेश्वर कुमारले ४ विकेट लिए । जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

    हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

    त्यसअघि हिजै चेन्नई सुपर किङ्ग्ससँग पाँच विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । चेन्नईमा भएको खेलमा लखनऊले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेकाे छ ।

    चेन्नईका उर्विल पटेलले ६५ रनको इनिङ खेले । लखनऊका दिग्वेश राठी र शाहबाज अहमदले समान दुई विकेट लिँदा आवेश खानले एक विकेट लिए । जितपछि ११ खेलमा १२ अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । हारसँगै समान खेलमा ६ अंक भएको लखनऊको भने अगाडि बढ्ने सम्भावना सकिएको छ ।

    आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend