Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकप २०२६ का लागि फ्रान्सको टोली घोषणा


१, जेठ २०८३
  • 103
    SHARES
  • फिफा विश्वकप २०२६ का लागि फ्रान्सको टोली घोषणा

    काठमाडौं । फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीको मिश्रणसहित बलियो टोली सार्वजनिक गरेका हुन् ।

    टोलीको नेतृत्व कप्तान किलियन एमबाप्पेले गर्नेछन् । उनीसँगै वर्तमान बालोन डी’ओर विजेता उस्मान डेम्बेले पनि टोलीमा छन् ।आक्रमण पंक्तिमा माइकल ओलिसे, डिजिरे डुए, रायन चेर्की र मार्कस थुरामजस्ता खेलाडीले स्थान पाएका छन् ।

    रक्षापंक्तिमा विलियम सालिबा, जुल्स कुन्डे, इब्राहिमा कोनाते र लुकास हर्नान्डेज समावेश छन् । मिडफिल्डमा अनुभवी एन’गोलो कान्टे, ओरेलियन चुआमेनी र एड्रियन राबियोले टोलीलाई मजबुत बनाउनेछन् ।

    यसपटक एडुआर्डो कामाभिंगा र रान्डाल कोलो मुआनी भने टोलीमा परेका छैनन्, जुन केही आश्चर्यको विषय बनेको छ । प्रशिक्षक डेसच्याम्पले टोली घोषणा गर्दै भने, ‘यो २६ उत्कृष्ट खेलाडीको मात्र सूची होइन, टोलीको सन्तुलनलाई ध्यानमा राखेर छनोट गरिएको समूह हो।’

    फ्रान्सले विश्वकप अभियानको सुरुआत जुन १६ मा सेनेगल विरुद्ध गर्नेछ। त्यसपछि समूह चरणमा इराक र नर्वेसँग खेल्नेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend