Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एन्फामाथिको निलम्बन राखेपद्वारा फुकुवा


१, जेठ २०८३
  • 129
    SHARES
  • एन्फामाथिको निलम्बन राखेपद्वारा फुकुवा

    काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बन नि:शर्त फुकुवा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता र एन्फा पदाधिकारीहरूबीच आज भएको बैठकले निलम्बन फिर्ता लिने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। यसअघि परिषद्को स्वीकृति बिना नै निर्वाचन गर्न लागेको भन्दै राखेपले गत चैत १२ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। राखेपको उक्त कदमपछि एन्फा नेतृत्वले चैत १३ गतेका लागि तय गरेको आफ्नो चुनावी साधारण सभा स्थगित गरेको थियो।

    यसैबीच, नेपाली फुटबलको सर्वोच्च निकायमाथि गरिएको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले पनि राखेपलाई आग्रह गरेका थिए। दुवै अन्तर्राष्ट्रिय निकायको निरन्तरको चासो र खेलकुद मन्त्रालयसहितको संयुक्त बैठकपछि राखेपले आफ्नो निर्णय फिर्ता लिएको हो। यो फुकुवासँगै अब एन्फालाई आफ्नो नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने बाटो खुला भएको छ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend