Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल


८, जेठ २०८३
  • 96
    SHARES
  • विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा अमेरिकासँग भिड्दै नेपाल

    काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । लिग–२ (२०२३–२०२७) को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९:३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

    समान २७ खेल खेले पनि नेपाल पाँचौं स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकाले २७ खेल खेल्दा १९ जित निकाल्दै ३८ अंक जोडेको छ । समान खेल खेलेको नेपालले भने १० मात्र जित निकालेर १५ हारको सामना गरेको नेपाल २२ अंकसहित पाँचौं स्थानमा सीमित छ ।

    विश्वकप छनोटमा पर्न र एकदिवसीय मान्यता जोगाउन नेपालले अब बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अमेरिका भने शीर्ष स्थानमामा रहँदै उपाधि उचाल्ने दाउमा छ ।

     

    कीर्तिपुरस्थित त्रिवि मैदानमै भएको अघिल्लो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर तीन बलमा मात्र एक विकेटको क्षतिमा १९९ रन बनाउँदै नौ विकेटको सानदार जित निकालेको हो । अघिल्लो खेलको महत्त्वपूर्ण जितले नेपालको मनोबल उच्च बनाएको छ । अमेरिका भने नेपाललाई घरेलु मैदानमा बदला लिन चाहन्छ ।

    घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाका चार खेलमध्ये दुई जित निकाल्दा नेपालले एउटामा हारको सामना गरेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई नै ६ विकेटले हराएको हो।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend