Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै


६, असार २०८३
  • 77
    SHARES
  • विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै

    काठमाण्डौ – विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दैछन् ।

    खेल नेपाली समयअनुसार पौने ११ बजे ह्युस्टनमा हुनेछ । नेदरल्यान्डस्ले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो ।

    आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ । स्विडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ । यस्तै आज मध्यराति समूह ‘ई’का जर्मनी र आइभरीकोस्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरू हुनेछ ।

    जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाओलाई ७–१ ले पराजित गरेको थियो । यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो ।

    भोलि बिहान पौने ६ बजे समूह ‘ई’कै इक्वेडर र कुराकाओ खेल्दैछन् । यसैगरी भोलि बिहान पौने १० बजे ट्युनिसिया र जापान खेल्दैछन् ।

    विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई ३ गोलले हराउँदै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २ गोलले हराउँदै नकआउट चरणमा पुगेको छ ।

    यसैगरी अन्य खेलमा मोरक्कोले स्कटल्यान्डलाई १ गोलले र पाराग्वेले टर्कीएलाई एक गोलले हराएको छ । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend