Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने


१०, असार २०८३
  • 28
    SHARES
  • विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

    न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फाइनल खेल र पुरस्कार वितरण समारोहमा राष्ट्रपति ट्रम्पलाई सँगै सहभागी गराउने योजनाको पुष्टि गरेका हुन् ।

    “हामी राष्ट्रपतिसँगै रहेर फाइनल खेलको रमाइलो लिनेछौं र विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गर्नेछौं,” फिफा अध्यक्ष इन्फान्टिनोले फक्स न्युजसँगको कुराकानीमा भने । आगामी जुलाई १९ मा न्यू जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा ट्रम्प र आफूले सँगै ट्रफी दिने कुरालाई स्पष्ट पार्दै उनले थपे, “अवश्य पनि, हामी सधैं सँगै हुनेछौं ।”

    राष्ट्रपति ट्रम्प यसअघि गत वर्ष सोही रंगशालामा भएको क्लब विश्वकपको फाइनलमा पनि पुरस्कार वितरण समारोहमा सहभागी भएका थिए । चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले हराएको उक्त खेलको ट्रफी वितरण अवधिभर ट्रम्प मञ्चमै थिए । पछि उक्त ट्रफी ह्वाइट हाउसको ‘ओभल अफिस’ मा समेत देखिएको थियो भने चेल्सी टोलीले त्यसको प्रतिलिपि (रेप्लिका) बुझेको चर्चा चलेको थियो ।

    ‘द एथलेटिक’ ले फिफा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, फिफा अध्यक्ष इन्फान्टिनोले जारी विश्वकपका सकेसम्म धेरै खेलहरूमा उपस्थिति जनाउने प्रयास गरिरहेका छन् ।

    इन्फान्टिनोले हालसम्म दैनिक दुईवटा खेलसम्म हेर्दै आएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले जारी विश्वकपमा अहिलेसम्म कुनै पनि खेल मैदानमा पुगेर हेरेका छैनन् ।a

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend