Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश


११, असार २०८३
  • 92
    SHARES
  • विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

    काठमाडौँ - फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ । केही बेरअघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको हो ।

    अमेरिकाको मियामी स्टेडियममा खेलको सातौँ मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को बलियो अवस्थामा पु¥याए । दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाब कायम राख्यो ।

    खेलको ६०औँ मिनेटमा म्याथियस क्यूनाले गोल गर्दै टोलीको अग्रता ३–० पु¥याए । खेलको ७७ औँ मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन् । पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।

    यस्तै, एटलान्टा स्टेडियममा भएकाे खेलमा मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । मोरक्कोका लागि अहरफ हाकिमीले ३९ औँ, इसामेल साईबेरीले ४६ औँ, सुफयान रहिमीले ७८ औँ र जाकरिया अल ओदीले थप समयमा गोल गरे भने हैटीका लेनी जोसेफ र विस्सन  इसिडोरले क्रमशः  १० औँ र ४३ औँ मिनेटमा गोल गरे ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend