Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकप : समूह 'एफ'को शीर्षस्थानमा नेदरल्याण्ड्स, ट्युनिसिया विश्वकपबाट बाहिरियो


१२, असार २०८३
  • 110
    SHARES
  • फिफा विश्वकप : समूह 'एफ'को शीर्षस्थानमा नेदरल्याण्ड्स, ट्युनिसिया विश्वकपबाट बाहिरियो

    काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह 'एफ' को विजेता बनेको छ ।

    नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाति गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २-० को स्थितिमा पुग्यो ।

    ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए । ६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नतिजा ३-१ मा पुगेको हो ।

    समूह चरणका खेलमा नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै १ र स्वीडेनसँग ५-१ अन्तरले विजयी हुँदै तीन अंक बुटलेको थियो। ट्युनिसियासँगको जितबाट तीन अंक प्राप्त गरेसँगै तालिकामा नेदरल्याण्ड्सको अंक सात पुगेको छ ।

    यता, जापान र स्वीडेनबीचको खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो । जापानका लागि डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरेका थिए । स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

    जापानले यसअघि नेदरल्याण्ड्ससँगको खेल बराबरीमा टुंग्याएको थियो भने ट्युनिसियालाई ४-0 ले पराजित गरेको थियो । स्वीडेनले समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले हराएको थियो भने नेदरल्याण्ड्ससँग ५-१ ले पराजित भएको थियो ।

    तालिकामा जापान दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेका छन् । समूह चरणका सबै खेलमा पराजित भएको ट्युनिसिया भने विश्वकपबाट बाहिरिन पुगेको छ । 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend