सैनामैना, रूपन्देही । रूपन्देही जिल्लाको खेलकुद इतिहासमा पहिलो पटक Oxford Nepal Educational Consultancy Pvt. Ltd. को आयोजनामा “Oxford Nepal Futsal Cup 2083” अन्तर माध्यमिक विद्यालयस्तरीय (Secondary Level) फूटसल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असार २० र २१ गते सञ्चालन हुनेछ। प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।
यस प्रतियोगितामा रूपन्देही जिल्लाभित्रका सम्पूर्ण माध्यमिक तह (Secondary Level) का विद्यालयहरू सहभागी हुन सक्नेछन्। आयोजकका अनुसार यो प्रतियोगिता रूपन्देहीमा यस प्रकारको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय फूटसल प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको हो।
प्रतियोगिताका मुख्य विशेषताहरू
* प्रतियोगिता: Oxford Nepal Futsal Cup 2083
* आयोजक: Oxford Nepal Educational Consultancy Pvt. Ltd.
* प्रतियोगिताको मिति: २०८३ असार २० र २१ गते
* प्रतियोगिता: जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय फूटसल
* सहभागिता: रूपन्देहीका माध्यमिक तहका विद्यालयहरू
* टिम दर्ता अन्तिम मिति: २०८३ असार १८ गते
* विजेता पुरस्कार: रु. १५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र
* उपविजेता पुरस्कार: रु. १०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र
* प्रत्येक खेलमा Man of the Match Award
* उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा अन्य व्यक्तिगत पुरस्कारहरूको समेत व्यवस्था गरिनेछ।
आयोजक संस्था Oxford Nepal Educational Consultancy ले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ। संस्थाले जापानी भाषा, IELTS, PTE, अंग्रेजी भाषा, कम्प्युटर शिक्षा तथा वैदेशिक अध्ययन एवं रोजगारीसम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ।
आयोजकका संस्थापक अनिल तामाङ ले विद्यालयस्तरका खेलाडीलाई उचित प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै आगामी वर्षहरूमा यसलाई अझ ठूलो राष्ट्रिय स्तरको प्रतियोगिताको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
विद्यालयहरूलाई विशेष अनुरोध
रूपन्देही जिल्लाका सम्पूर्ण माध्यमिक तह (Secondary Level) का विद्यालयहरूलाई समयमै आफ्नो टोली दर्ता गराई यस ऐतिहासिक प्रतियोगितामा सहभागिता जनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ।
टिम दर्ताको अन्तिम मिति: २०८३ असार १८ गते
सम्पर्क: ९७६२३२३६६७
आयोजक: Oxford Nepal Educational Consultancy Pvt. Ltd.
ठेगाना: सैनामैना–४, रूपन्देही