Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलमा सह-आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश


१५, असार २०८३
  • 99
    SHARES
  • विश्वकप फुटबलमा सह-आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । सहआयोजक क्यानाडा फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकाकाे लस एन्जलस रंगशालामा साेमबार बिहानभएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गाेलले पराजित गर्दै क्यानाडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो । क्यानाडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरेका थिए । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्रिक्वार्टरफाइलनमा पुर्‍याएका हुन् ।

    खेलभर बल पोजिसनमा दक्षिण अफ्रिका अघि रहेपनि गोल भने गर्न सकेन । दक्षिण अफ्रिका फिनिसिङमा चुक्न पुग्यो । निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए । तेस्रो पटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुई पटक नै समूह चरणबाट बाहिरिएको थियो । क्यानाडासँग पराजित भएसँगै पहिलो पटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ ।

    क्यानाडा समूह ‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानाडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्ने भएका छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend