Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ब्राजिलको पुनरागमन जीत, ४ पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो


१६, असार २०८३
  • 80
    SHARES
  • ब्राजिलको पुनरागमन जीत, ४ पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरियो

    काठमाण्डौ - फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । 

    खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए । जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन् । यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो ।

    ब्राजिलका डानिलोको कमजोर पासलाई काइशु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको १० मिनेटपछि काजिमिरोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । 

    बराबरीपछि ब्राजिलले लगातार दबाब सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेका थिए । तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन् । 

    यस जितसँगै ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको छ ।अब ब्राजिलले अन्तिम १६ मा नर्वे वा आइभोरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दाबेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ । पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम ३२ बाट नै समाप्त भएको हो । 

    निर्धारित समयको पहिलो हाफको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३औँ मिनेटमा काइ हाभेट्र्जले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा फर्काए । 
    निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी शुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्‍यो । पाराग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम ३२ चरणमै टुङ्गिएको छ । 

    विश्वकप फुटबलमा अहिले बिहान पौने ७ बजे नेदरल्याण्डस र मोरक्कोले खेल्दैछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend