Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिका बोस्नियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश


१८, असार २०८३
  • 99
    SHARES
  • अमेरिका बोस्नियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश

    काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न भएकाे खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २-० गाेलले पराजित गरेकाे हाे । अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन । खेलको ६४औँ मिनेटमा गोलकर्ता बलोगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यससँगै अमेरिका बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो।

    त्यस्तै, ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए । १० खेलाडीमा रहेर पनि अमेरिका २–० को जित निकाल्न सफल भयो।

    अब अमेरिकाले प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । यस अघि बिहीबार बिहानै भएकाे अर्काे बेल्जियमले सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हाे।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend