Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा


२०, असार २०८३
  • 74
    SHARES
  • विश्वकप फुटबलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा

    काठमाण्डाै - फिफा विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कन्सास सिटी रङ्गशालामा आज भएको खेलमा कोलम्बियाले घानालाई १ गोलले हरायो ।

    उसले खेलको १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । कोलम्बियाका जोन आरियासले गोल गरेका हुन् । कोलम्बिया समूह ‘के’ को विजेता र घाना समूह ‘एल’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

    फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भएकोमा कोलम्बिया विजयी भयो । योसँगै विश्वकप फुटबलमा अन्तिम–१६ को समिकरण पनि पुरा भएको छ ।

    अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।

    प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आजराति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend