Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबल : फ्रान्स र मोरक्को अन्तिम आठमा, पाराग्वे र क्यानडा बाहिरिए


२१, असार २०८३
  • 79
    SHARES
  • विश्वकप फुटबल : फ्रान्स र मोरक्को अन्तिम आठमा, पाराग्वे र क्यानडा बाहिरिए

    काठमाण्डौ - फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन् । 

    आज बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १ गोलले हरायो । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो । 

    यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा सातौँ गोल समेत गरेका छन् । उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे । १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो ।

    यस्तै गए राति भएको खेलमा सहआयोजक क्यानडालाई ३ गोलले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे । 

    सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । साथै, दुई पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ । 

    पहिलो पटक अन्तिम १६ मा पुगेको क्यानडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ । 

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend