Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चर्चित ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


२२, असार २०८३
  • 81
    SHARES
  • चर्चित ब्राजिलियन खेलाडी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    काठमाण्डौ — ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

    सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा नर्वेसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन् ।

    अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै भावुक बनेका नेइमार मैदानमै आँसु झार्दै ढलेका थिए । टोलीका खेलाडी र प्रशिक्षकहरूले उनलाई सम्हालेका थिए ।

    त्यसपछि ब्राजिली टेलिभिजन ग्लोबोसँग कुरा गर्दै उनले भने, “मैले सक्दो प्रयास गरें । अब मेरो यात्रा समाप्त भयो । यहीँबाट मैले ब्राजिलका लागि यात्रा सुरु गरेको थिएँ र आज यहीँ आएर त्यसको अन्त्य भयो ।’

    नेइमारले सन् २०१० मा अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीका लागि १३० खेल खेल्दै ८० गोल गरेका छन् । यससँगै उनी महान् खेलाडी पेलेलाई पछि पार्दै ब्राजिलका सर्वाधिक गोलकर्ता बने । सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने ब्राजिली खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् ।

    नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत गरेको गोलसँगै नेइमार विश्वकपका चार फरक संस्करणमा गोल गर्ने पेलेपछि दोस्रो ब्राजिली पुरुष खेलाडीसमेत बने । तर उनको त्यो गोल ब्राजिललाई पराजयबाट जोगाउन भने पर्याप्त हुन सकेन । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेइमारको योगदानको प्रशंसा गर्दै अब टोलीलाई नयाँ पुस्तासहित अगाडि बढाइने बताएका छन् ।

    उनले हार पीडादायी भए पनि त्यसबाट सिकेर नयाँ अध्याय शुरु गरिने बताए । विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने नेइमारले आफ्नो करियरमा ब्राजिललाई ओलम्पिक स्वर्ण पदक, फिफा कन्फेडेरेसन कपको उपाधिलगायत अनेक महत्वपूर्ण सफलता दिलाएका थिए ।

    यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रह्यो । नेइमारको सन्यास घोषणासँगै ब्राजिलियन फुटबलको एक गौरवपूर्ण युगको औपचारिक अन्त्य भएको छ ।

    उनको गति, कौशल, सिर्जनात्मक खेलशैली र गोल गर्ने अद्भुत क्षमताले विश्व फुटबलमा छुट्टै पहिचान बनाएको थियो । राष्ट्रिय टोलीबाट उनले बिदाइ लिए पनि ब्राजिलियन फुटबलमा उनको योगदान र विरासत सधैं स्मरणीय रहनेछ ।

  • एनपीएलमा आज आरपारको लडाइँ : सुदूरपश्चिमविरुद्ध जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच

  • एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त : कर्णाली–पोखरा र चितवन–काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

  • एनपीएलमा आज लुम्बिनी र काठमान्डुबीच प्रतिष्ठाको भिडन्त

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend