Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बेल्जियम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश


२३, असार २०८३
  • 217
    SHARES
  • बेल्जियम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं । बेल्जिम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अमेरिकामा मंगलबार बिहान सम्पन्न भएकाे खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनल भिडन्त सुनिश्चित गरेको हो ।

    बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरेका छन्। उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका हुन् ।

    खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्‍याएका थिए। दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो ।

    विश्वकपमा अमेरिकाको पराजयसँगै तीन वटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानाडा र मेक्सिको बाहिरिएका थिए ।क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्ने भएकाे छ ।

    स्पेनल पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको हो ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend