Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्विट्जरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा


२४, असार २०८३
  • 84
    SHARES
  • स्विट्जरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा

    काठमाण्डौ - स्विट्जरल्यान्डले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  क्यानडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । 

    खेलको निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी शुटआउटबाट भएको हो । पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो । 

    स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले पेनाल्टीमा गोल गरे । सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टरफाइनल यात्रा हो । अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।

    यस्तै फिफा विश्वकप फुटबलको अन्तिम–१६ अन्तर्गत गए राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम १४ मिनेटभित्र तीन गोल फर्काउँदै ३–२ को जित निकालेको हो । 

    इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको ६७औँ मिनेटमा अर्को गोल थप्दै २–० को अग्रता बनाएको थियो । तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन ।

    खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए । त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए । 

    खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो । 

    यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ । इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो । त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दाबी पनि इजिप्टले गरेको छ । 

    इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ । यद्यपि, फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । 

    विश्वकपमा क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । अब सेमिफाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र  स्विट्जरल्यान्डले खेल्नेछन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend