Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै


२६, असार २०८३
  • 78
    SHARES
  • विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदै

    काठमाडाैं । फिफा विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार राति स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ ।

    अमेरिकाकाे लस एन्जलसमा शुक्रबार राति पाैने १ बजेदेखि स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुने भएकाे हाे । अन्तिम १६ का खेलमा फरक शैलीमा जित निकालेका यी दुई युरोपेली टोली सेमिफाइनल प्रवेशका लागि भिड्न लागेका हुन् ।

    स्पेनले पोर्चुगलविरुद्ध संघर्षपूर्ण खेलमा अतिरिक्त समयको पहिलो मिनेटमा मिकेल मेरिनोको निर्णायक गोलमा १–० को जित निकालेको थियो ।

    अर्कोतर्फ बेल्जियमले सहआयोजक अमेरिकालाई ४–१ ले सहजै पराजित गर्दै प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको थियो । युरो २०२४ को उपाधि जित्ने क्रममा स्पेनले क्रोएसिया, इटाली, जर्मनी, फ्रान्स र इङ्ग्ल्यान्ड जस्ता बलिया टोलीलाई पराजित गरेको थियो । त्यसैले यो विश्वकपमा पनि टोलीबाट उच्च अपेक्षा गरिएको छ ।

    स्पेनको जारी विश्वकपमा प्रदर्शन बलियो भए पनि अपेक्षा अनुसार आक्रामक देखिएको छैन । हालसम्म स्पेनले बेल्जियमविरुद्ध लगातार ६ खेल जितेको हाे । यो क्रम ७ खेलसम्म पुर्‍याउने लक्ष्य राखेको छ । बेल्जियमले अन्तिम १६ मा अमेरिकालाई ४–१ गाेलले पराजित गर्दै प्रतियोगितामा नयाँ लय समातेको हाे।

    समूह चरणमा खासै प्रभावशाली नदेखिएको टोलीले नकआउट चरणका दुई खेलमा ७ गोल गरिसकेको छ । बेल्जियम आफ्नो यहि लयलाई कायम राख्ने लक्ष्यमा रहने भएकाे छ । यसअघि भएको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० गाेलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हाे ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend