Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश


२८, असार २०८३
  • 106
    SHARES
  • फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

    काठमाडौँ ।  फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। 

    अतिरिक्त सयमको १२० मिनेटमा लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो।  अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए।

    अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। 

    एक खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो।   अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी।इम्बोलालाई रातो कार्ड दिएपछि उनी बाहिरिएका थिए। 

    पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो।  खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर.रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए। 

    खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए।

    आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। 

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend