Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिफा विश्वकपकाे फाइनलमा उत्कृष्ट खेल खेल्नका लागि सम्पूर्ण शक्ति जुटाएका छाैं: कप्तान मेसी


१, साउन २०८३
  • 75
    SHARES
  • फिफा विश्वकपकाे फाइनलमा उत्कृष्ट खेल खेल्नका लागि सम्पूर्ण शक्ति जुटाएका छाैं: कप्तान मेसी

    काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलको फाइनलमा पुर्‍याएपछि समर्थकप्रति आभार व्यक्त गरेका छन्।

    इङ्ग्ल्यान्डलाई २–१ गाेलले पराजित गर्दै अर्जेन्टिनाले फाइनल यात्रा तय गरेलगत्तै मेसीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश साझा गरेका हुन् । मेसीले फाइनलमा पुगेकाे र अब फेरि एक पटक अर्को उत्कृष्ट खेल खेल्नका लागि आफ्नो सम्पूर्ण शक्ति जुटाएकाे बताएका छन्। यो टोलीमाथि विश्वास गर्ने सबैलाई धेरैधेरै धन्यवाद समेत दिएका छन् ।

    सेमिफाइनलमा अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै इङ्ग्ल्यान्डलाई पराजित गरेकाे थियो। उक्त जितसँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा पुगेको छ ।

    मेसीको सन्देशले टोलीको एकता, संघर्ष र समर्थकप्रतिको सम्मान झल्काएको हाे। पोस्ट सार्वजनिक भएको केही समयमै लाखौं समर्थकले प्रतिक्रिया जनाउँदै अर्जेन्टिनालाई उपाधि जित्ने शुभकामना समेत दिएका छन्।

    अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि फाइनलमा स्पेनको सामना गर्ने भएाे हाे। अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा अर्को विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। स्पेन दोस्रो पटक विश्वकप जित्ने प्रयासमा हुने भएकाे हाे।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend