Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काभा भलिबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशकाे सामना गर्दै


१०, साउन २०८३
  • 85
    SHARES
  • काभा भलिबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशकाे सामना गर्दै

    काठमाडाैं। पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आइतबार दिउँसाे बंगलादेशकाे सामना गर्ने भएकाे छ।

    आइतबार दिउँसो १ बजेदेखि नेपालले बंगलादेशकाे सामना गर्ने भएकाे हाे । चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ । यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आइतबारको खेल जित्नै पर्ने दबाब छ ।

    नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग पनि ३–२ तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । अब नेपालले बंगलादेशपछि अन्तिम लिग खेल उज्वेकिस्तानसँग खेल्ने भएकाे छ।

    प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बङ्गलादेश र उज्वेकिस्तानसहित ६ टोली सहभागी रहेका हुन् । सबै टोलीले एक-अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने भएका छन् ।

    नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका हुन् । मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन् ।

  • कोहली र गिलको शतकमा भारतको शानदार जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

    काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो

  • एसियन गेम्समा नेपालले खोल्यो पदकको खाता, करातेका तेन्जिङ शेर्पालाई कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्समा नेपालले पहिलो पदक जितेको छ। बुधबार टोयाहाशी जिम्नेसियममा

  • एनपीएलको तेस्रो संस्करणको खेलतालिका सार्वजनिक, उद्घाटनमै साविक विजेता र उपविजेता भिड्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend